समाज

जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

समाज, समाज / जिवनशैली
जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस् अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम कमाएर मात्र कसरी खुसी हुन सकिन्छ ? ७५ वर्षसम्म चलेको अध्ययनको निष्कर्ष छ- सम्बन्ध जोड्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ । असल र राम्रो सम्बन्ध नै खुसीको कारक हो । अधिकतम धन र सफलता प्राप्त गर्न दिनरात कडा परिश्रम गर्न सिकाइन्छ । हामीलाई लाग्छ कि यसबाट मात्र जीवन राम्रो हुन्छ । तर यसको पछाडि दौडिरहँदा हामी सम्बन्धमा लगानी गर्न पछाडि पर्छौं । जब हामी बूढो हुँदै जान्छौं तब हामीले महसुस हुन्छ कि धन र सफलताको पछि लाग्दालाग्दै जीवन त फिक्का भएछ भनेर । हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट मानव जीवनमा गरिएको सबैभन्दा लामो अध्ययन हो, जसमा ७५ वर्षसम्म ७२४ व्यक्तिको ज...
यो बर्खामा पनि दाउन्ने सडक पिच नहुने

यो बर्खामा पनि दाउन्ने सडक पिच नहुने

अन्तर्राष्ट्रिय, समाचार, समाज, सूचना-प्रविधि
२३ वैशाख, काठमाडौं । बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा आगामी वर्षायाममा समेत सडक पिच नहुने भएको छ । यस आयोजनामा सबैभन्दा धेरै जोखिमपूर्ण मानिने दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ । अप्रिल २०२४ सम्मको प्रगति सार्वजनिक गर्दै आयोजनाले स्रोत साधन बढाएर वर्षायाम अगावै यथासम्भव धेरै भन्दा धेरै एकतर्फी सडक कालोपत्रे गर्न निर्देशन दिइएको समेत आयोजनाले उल्लेख गरेको छ । यो सडक खण्डमा अझै आशातीत प्रगति हुन नसकेको समेत आयोजनाले स्वीकार गरेको छ । यो सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । यस सडक आयोजनामा गैंडाकोटबाट दाउन्नेसम्म ६४.४२ किलोमिटर र दाउन्नेबाट बुटवलसम्मको ४८.५८ किलोमिटरलाई पश्चिम खण्डका रुपमा विभाजन गरी का...
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

समाचार, समाज, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२१ वैशाख, काठमाडौं । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ । आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ । अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव अर्यालले यस्तो जानकारी दिएका हुन् । साथै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको छ ।...
गुल्मीमा मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

गुल्मीमा मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

समाचार, समाज, समाज / जिवनशैली
१६ वैशाख, गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो । दुर्घटनामा परी सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ ...
रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो । किन रातो मासु भन्दा सेतो मासु राम्रो त ? पोषणविद् उमा कोइरालाका अनुसार सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । जसले गर्दा एलडीएलको अर्थात् खराब कोलेस्टोरोल स्तर कम गर्न र एचडीएल (राम्रो कोलेस्टोरोल)को स्तर बढाउन मद्दत गर्छ । सेतो मासुका स्रोतहरु कुखुरा, हाँस, टर्की र माछा हुन् । ‘यसो भन्दैमा रातो मासु खानै नहुने यसले स्वास्थ्यमा नकारात्मक असर मात्र गर्छ भन्ने पनि होइन,’ पोषणविद् कोइराला भन्छिन्, ‘रातो मासुमा बोसो, आइरन, प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ ।’ उच्च प्रोटिनलाई पचाउन पनि समय लाग...
मासु कति खाने ?

मासु कति खाने ?

शिक्षा, समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने त्यसबेला मासु हानिकारक बन्ने पोषणविद् आरेम कार्की बताउँछन् । दैनिक कति मासु खाने ? मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्थाअनुसार मासु कति खाने भन्ने कुरा निर्धारण हुन्छ । एक वयस्क मान्छेले दैनिक प्रतिकिलो तौल एक ग्राम मासु खान सक्छन् । उदाहरणका लागि ७० केजी तौल भएको व्यक्तिले ७० ग्राम मासु (चारदेखि पाँच टुक्रा) मासु खानु राम्रो हुने पोषणविद् कार्की बताउँछन् । जर्मन पोषण समाज र विश्व क्यान्सर अनुसन्धान कोषले एक हप्तामा ५०० ग्राम भन्दा...
आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ?

आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ?

अन्तर्राष्ट्रिय, समाचार, समाज
९ वैशाख, काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए । महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहक...
लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

अन्तर्राष्ट्रिय, आर्थिक / ब्यापार, राजनीति, समाचार, समाज
नेपाली कांग्रेसले सहकारी अनियमितता प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबारे संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान राख्दै संसदीय गतिविधि निरन्तर अवरुद्ध गरेपछि सरकारले संसद्को चालु अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । संसद्मा विपक्षीले उठाएका एजेन्डाबारे गम्भीर बहस गरेर त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा संसद् नै स्थगित गरेर सरकार स्वयंले समकालीन राजनीतिक समस्यालाई गहिर्‍याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका सत्तारुढ दलहरू गृहमन्त्री लामिछानेले संसद्को रोष्ट्रममा उभिएर स्पष्टीकरण दिने तर छानबिन समिति बन्न नसक्ने अडानमा थिए भने कांग्रेसले समिति नबनेसम्म संसद् चल्न नसक्ने अडान राखेको थियो । तर, सहकारी अनियमितताका बारेमा तथ्य सहित प्रश्न उब्जिएपछि गृहमन्त्रीका बारेमा छानबिन समिति बन्नै नहुने तर्क आफैंमा य...
विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज

विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज

समाचार, समाज
४ वैशाख, गुल्मी । विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ । वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको भगवती आधारभूत विद्यालयलाई समायोजन गरिएको छ । त्यस्तै वडा नं ३ को खड्गदेवी आधारभूत विद्यालय र भानु आधारभूत विद्यालय, ५ को जनता आधारभूत विद्यालय, ६ को आलम आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालय समायोजना गरिएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विनोद न्यौपानेले बताए । छत्रकोट वडा नं ४ मा रहेको कालिका बाल विकास केन्द्र भने खारेज भएको छ । गाउँपालिकाले बुद्धिविनोद आधारभूत विद्यालय छत्रकोट–१, पिपलपोखरा आधारभूत विद्यालय छत्रकोट–१, जनशिक्षा आधारभूत विद्यालय...
लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, समाज, स्वास्थ्य
४ बैशाख, बुटवल- बुटवल रुपन्देमा Bio - M नामक अर्गानिक Bio लार्भा साइड को लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता श्री रम्भादेबी ट्रेड लिन्क को आयोजना मा अन्तरकृया कार्यक्रम सम्पम्न भएको छ । बिश्वब्यापी रुपमा फरक पद्धतिको बिकास गर्दै बिश्व स्वास्थ्य संगठन (WHO) ले मानव जीवन तथा अन्य प्रा‍णीलाई असर नगर्ने भन्दै उक्त पद्धति प्रयोग गर्न मिल्ने भन्दै स्वीकृत गरेको । विश्वका धेरै देशहरुमा प्रयोग भैरहेको उक्क्त लार्भा साइड भारत सरकारले सफल परिक्षण गर्दै नेपाल सरकाले समेत प्रयोगको लागि सिफारिस गर्दै काठमाडौ महानगरपालिका मदेस प्रदेश सरकारले समेत यस्को प्रयोग बृहत रुपमा लाम्खुट्टे तथा त्यसबाट लाग्ने रोगहरुको पुर्णतः निर्मुल पार्नको लागि यो पद्धति सुरु गरिएको छ । “बायो लार्भिसाइड अर्गानिक हो। यसले लामखुट्टे र तिनीहरूको लार्भा बाहेक अरू कुनै जीवलाई हानि गर्दैन। यो कीटनाशक होइन। कीटनाशक पानीको माथि छ...