२४ साउन, काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेको थप विवरण भने ब्यूरोले सार्वजनिक गरेको छैन । घटनाबारे आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0