समाज

काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिममा

काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिममा

समाचार, समाज, समाज / जिवनशैली
२६ वैशाख, काभ्रेपलाञ्चोक । आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिङ्गटा लागेर भूइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन । होस खुल्दा घर सम्पूर्ण रुपमा भष्म भइसकेको थियो । पचास वर्षीय लामाको जीवनमा ठूलै बज्रपात लागेको थियो । लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाईबाट चियाइरहन्थे। अब कसरी परिवारलाई कहाँ लगेर राख्ने भन्ने चिन्ताले उनलाई सताएको छ । उनी भन्छन्, ‘बर्खा लागिसक्यो । भएको अन्तपात र लत्ताकपडा जलेर खरानी भयो । यो पीडा कसलाई पोखुँ ? ‘ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ सानो पोटा गाउँमा वैशाख १८ गते मङ्गलबार गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण बस्तीमा आएपछि उनको सँगै गाउँका १५ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । घरमा वनको आगो सल्किएपछि आगोले ‘वितण्डा’ मच्चाउँदा गाउँका पीडितले घरका सरसामान निकाल्न सकेनन् र घण्टामै केही पशु...
कलंकीबाट ७ दिनदेखि विद्यार्थी बेपत्ता

कलंकीबाट ७ दिनदेखि विद्यार्थी बेपत्ता

समाज, समाज / जिवनशैली
२६ वैशाख, काठमाडौं । कलंकीमा आफन्त कहाँ बसेर अध्ययनरत् विद्यार्थी एक सातादेखि बेपत्ता छिन् । चितवन कालिका नगरपालिका-६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् । उनी १९ वैशाखदेखि सम्पर्कमा नआएपछि भोलिपल्ट जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर खोतलासका लागि निवेदन दिएको आमा शोभा लामिछानेले बताइन् । उनका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, एक जना डीएसपीको नेतृत्वमा टोली नै बनाएर उनको खोजतलास भइरहेको छ । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारी बताउँछन् । स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ छ । उनको खोजीका लागि उपत्यकाका विभिन्न नाकाको क्लोज सर्किट (सीसी) क्यामर...
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

समाचार, समाज, समाज / जिवनशैली
२६ वैशाख, काठमाडौं। आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो । प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले ६ र चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका छन् । यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

अन्तर्राष्ट्रिय, समाज, समाज / जिवनशैली
२६ वैशाख, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आ...
जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

समाज, समाज / जिवनशैली
जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस् अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम कमाएर मात्र कसरी खुसी हुन सकिन्छ ? ७५ वर्षसम्म चलेको अध्ययनको निष्कर्ष छ- सम्बन्ध जोड्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ । असल र राम्रो सम्बन्ध नै खुसीको कारक हो । अधिकतम धन र सफलता प्राप्त गर्न दिनरात कडा परिश्रम गर्न सिकाइन्छ । हामीलाई लाग्छ कि यसबाट मात्र जीवन राम्रो हुन्छ । तर यसको पछाडि दौडिरहँदा हामी सम्बन्धमा लगानी गर्न पछाडि पर्छौं । जब हामी बूढो हुँदै जान्छौं तब हामीले महसुस हुन्छ कि धन र सफलताको पछि लाग्दालाग्दै जीवन त फिक्का भएछ भनेर । हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट मानव जीवनमा गरिएको सबैभन्दा लामो अध्ययन हो, जसमा ७५ वर्षसम्म ७२४ व्यक्तिको ज...
यो बर्खामा पनि दाउन्ने सडक पिच नहुने

यो बर्खामा पनि दाउन्ने सडक पिच नहुने

अन्तर्राष्ट्रिय, समाचार, समाज, सूचना-प्रविधि
२३ वैशाख, काठमाडौं । बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा आगामी वर्षायाममा समेत सडक पिच नहुने भएको छ । यस आयोजनामा सबैभन्दा धेरै जोखिमपूर्ण मानिने दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ । अप्रिल २०२४ सम्मको प्रगति सार्वजनिक गर्दै आयोजनाले स्रोत साधन बढाएर वर्षायाम अगावै यथासम्भव धेरै भन्दा धेरै एकतर्फी सडक कालोपत्रे गर्न निर्देशन दिइएको समेत आयोजनाले उल्लेख गरेको छ । यो सडक खण्डमा अझै आशातीत प्रगति हुन नसकेको समेत आयोजनाले स्वीकार गरेको छ । यो सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । यस सडक आयोजनामा गैंडाकोटबाट दाउन्नेसम्म ६४.४२ किलोमिटर र दाउन्नेबाट बुटवलसम्मको ४८.५८ किलोमिटरलाई पश्चिम खण्डका रुपमा विभाजन गरी का...
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

समाचार, समाज, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२१ वैशाख, काठमाडौं । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ । आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ । अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव अर्यालले यस्तो जानकारी दिएका हुन् । साथै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको छ ।...
गुल्मीमा मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

गुल्मीमा मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

समाचार, समाज, समाज / जिवनशैली
१६ वैशाख, गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो । दुर्घटनामा परी सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ ...
रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो । किन रातो मासु भन्दा सेतो मासु राम्रो त ? पोषणविद् उमा कोइरालाका अनुसार सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । जसले गर्दा एलडीएलको अर्थात् खराब कोलेस्टोरोल स्तर कम गर्न र एचडीएल (राम्रो कोलेस्टोरोल)को स्तर बढाउन मद्दत गर्छ । सेतो मासुका स्रोतहरु कुखुरा, हाँस, टर्की र माछा हुन् । ‘यसो भन्दैमा रातो मासु खानै नहुने यसले स्वास्थ्यमा नकारात्मक असर मात्र गर्छ भन्ने पनि होइन,’ पोषणविद् कोइराला भन्छिन्, ‘रातो मासुमा बोसो, आइरन, प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ ।’ उच्च प्रोटिनलाई पचाउन पनि समय लाग...
मासु कति खाने ?

मासु कति खाने ?

शिक्षा, समाचार, समाज, समाज / जिवनशैली, स्वास्थ्य
मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने त्यसबेला मासु हानिकारक बन्ने पोषणविद् आरेम कार्की बताउँछन् । दैनिक कति मासु खाने ? मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्थाअनुसार मासु कति खाने भन्ने कुरा निर्धारण हुन्छ । एक वयस्क मान्छेले दैनिक प्रतिकिलो तौल एक ग्राम मासु खान सक्छन् । उदाहरणका लागि ७० केजी तौल भएको व्यक्तिले ७० ग्राम मासु (चारदेखि पाँच टुक्रा) मासु खानु राम्रो हुने पोषणविद् कार्की बताउँछन् । जर्मन पोषण समाज र विश्व क्यान्सर अनुसन्धान कोषले एक हप्तामा ५०० ग्राम भन्दा...