समाज

आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ?

आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ?

अन्तर्राष्ट्रिय, समाचार, समाज
९ वैशाख, काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए । महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहक...
लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

अन्तर्राष्ट्रिय, आर्थिक / ब्यापार, राजनीति, समाचार, समाज
नेपाली कांग्रेसले सहकारी अनियमितता प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबारे संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान राख्दै संसदीय गतिविधि निरन्तर अवरुद्ध गरेपछि सरकारले संसद्को चालु अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । संसद्मा विपक्षीले उठाएका एजेन्डाबारे गम्भीर बहस गरेर त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा संसद् नै स्थगित गरेर सरकार स्वयंले समकालीन राजनीतिक समस्यालाई गहिर्‍याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका सत्तारुढ दलहरू गृहमन्त्री लामिछानेले संसद्को रोष्ट्रममा उभिएर स्पष्टीकरण दिने तर छानबिन समिति बन्न नसक्ने अडानमा थिए भने कांग्रेसले समिति नबनेसम्म संसद् चल्न नसक्ने अडान राखेको थियो । तर, सहकारी अनियमितताका बारेमा तथ्य सहित प्रश्न उब्जिएपछि गृहमन्त्रीका बारेमा छानबिन समिति बन्नै नहुने तर्क आफैंमा य...
विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज

विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज

समाचार, समाज
४ वैशाख, गुल्मी । विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ । वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको भगवती आधारभूत विद्यालयलाई समायोजन गरिएको छ । त्यस्तै वडा नं ३ को खड्गदेवी आधारभूत विद्यालय र भानु आधारभूत विद्यालय, ५ को जनता आधारभूत विद्यालय, ६ को आलम आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालय समायोजना गरिएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विनोद न्यौपानेले बताए । छत्रकोट वडा नं ४ मा रहेको कालिका बाल विकास केन्द्र भने खारेज भएको छ । गाउँपालिकाले बुद्धिविनोद आधारभूत विद्यालय छत्रकोट–१, पिपलपोखरा आधारभूत विद्यालय छत्रकोट–१, जनशिक्षा आधारभूत विद्यालय...
लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

लामखुट्टे तथा डेंगीबाट बच्ने नयाँ पद्धति सहितको अभियान

अन्तर्राष्ट्रिय, शिक्षा, समाचार, समाज, स्वास्थ्य
४ बैशाख, बुटवल- बुटवल रुपन्देमा Bio - M नामक अर्गानिक Bio लार्भा साइड को लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता श्री रम्भादेबी ट्रेड लिन्क को आयोजना मा अन्तरकृया कार्यक्रम सम्पम्न भएको छ । बिश्वब्यापी रुपमा फरक पद्धतिको बिकास गर्दै बिश्व स्वास्थ्य संगठन (WHO) ले मानव जीवन तथा अन्य प्रा‍णीलाई असर नगर्ने भन्दै उक्त पद्धति प्रयोग गर्न मिल्ने भन्दै स्वीकृत गरेको । विश्वका धेरै देशहरुमा प्रयोग भैरहेको उक्क्त लार्भा साइड भारत सरकारले सफल परिक्षण गर्दै नेपाल सरकाले समेत प्रयोगको लागि सिफारिस गर्दै काठमाडौ महानगरपालिका मदेस प्रदेश सरकारले समेत यस्को प्रयोग बृहत रुपमा लाम्खुट्टे तथा त्यसबाट लाग्ने रोगहरुको पुर्णतः निर्मुल पार्नको लागि यो पद्धति सुरु गरिएको छ । “बायो लार्भिसाइड अर्गानिक हो। यसले लामखुट्टे र तिनीहरूको लार्भा बाहेक अरू कुनै जीवलाई हानि गर्दैन। यो कीटनाशक होइन। कीटनाशक पानीको माथि छ...
प्रधानमन्त्रीलाई सुरूङभित्रै सोफा

प्रधानमन्त्रीलाई सुरूङभित्रै सोफा

अन्तर्राष्ट्रिय, समाचार, समाज, सूचना-प्रविधि
३ वैशाख, काठमाडौं । करिब ५३ महिनापछि हुन लागेको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत पुगेका छन् । उनलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ । अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ । मुख्य सुरुङ सोमबार मात्र वारपार छेड्न लागिए पनि त्योसँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको छ । आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउ–जाउ गर्न सक्ने आयोजनाले जनाएको छ । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउ–जाउ गर्न मिल्ने सात वटा ढोका छन् । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार ...
जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाउँदै प्रहरी प्रतिवेदन पेश, १ अर्ब २ करोड मागदाबी

जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाउँदै प्रहरी प्रतिवेदन पेश, १ अर्ब २ करोड मागदाबी

आर्थिक / ब्यापार, समाचार, समाज
२ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल बुझाइएको हो । ‘हामीले अनुसन्धान सकाएर १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबी र २८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएका छौं । अब प्रतिवेदन अध्ययन गरेर सरकारी वकील कार्यालयले मुद्दा दर्ता गर्ला’ एसपी राठौरले अनलाइनखबरसँग भने । प्रतिवेदनमा जीबी (गितेन्द्रबाबु) राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश ...
विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

राजनीति, समाचार, समाज, समाज / जिवनशैली
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् । नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताए । उनले यी प्राथमिकता तथा प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विश्वास व्यक्त गरे । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । “यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमि...
सुदूरपश्चिममा सिस्नाे खेलेर बिसु पर्व मनाइँदै

सुदूरपश्चिममा सिस्नाे खेलेर बिसु पर्व मनाइँदै

समाचार, समाज, समाज / जिवनशैली
१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा बिसु पर्व सिस्नाे खेलेर मनाइँदैछ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन् । बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा राैनकता छाएकाे छ । बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहेकाे छ । आजकाे दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका बिष निस्कृय हुने जनविश्वास रहेको छ । वैशाख सुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिबिद बताउँछन् । १ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै विष लागेको भए त्यसबाट मुक्त ...
नागस्तम्भ बनाएपछि काभ्रेको बस्नेत गाउँमा बढे धार्मिक पर्यटक

नागस्तम्भ बनाएपछि काभ्रेको बस्नेत गाउँमा बढे धार्मिक पर्यटक

समाचार, समाज
२६ फागुन, धुलिखेल (काभ्रेपलाञ्चोक) । जिल्लाको बनेपा नगरपालिका–५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् । अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र पर्ने पालेको सामुदायिक वन नजिकै रहेको बस्नेत गाउँलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जुटेका हुन् । गाउँको माथिल्लो सिरानमा रहेको पुरानो महादेव मन्दिर र नागको स्तम्भ निर्माण गरिने स्थानीय बताउँछन् । महाशिवरात्रिको अवसर पारेर यहाँका स्थानीयले शुक्रबार होम गरी नागको पूजा गरेका छन् । गाउँको विकासका लागि ‘बस्नेत गाउँ बिरुवा पाटो गट्टीखेल तथा संरक्षण मञ्च’ गठन गरी सबैलाई एकजुट बनाउँदै पर्यटन प्रवर्द्धनमा स्थानीय जुटेका मञ्चका अध्यक्ष हरिभक्त शाहीले बताए । ‘यसअघि नै यहाँ नागको मन्दिर थियो’, उनले भने, ‘संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएकामा अहिले गाउँले एकजुट भएर नागको स्तम्भ तथा महादेव मन्दिर निर्मा...
उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, प्रदेश अस्पताल परिसर तनावग्रस्त

उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, प्रदेश अस्पताल परिसर तनावग्रस्त

समाचार, समाज, स्वास्थ्य
सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्सिया भीमा(रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् । बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो । पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले रातोपाटीलाई जानकारी दिए । ‘हामी बाहिर बसिरहेको...