३१ साउन, काठमाडौं। भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–६ घर भएकी २६ वर्षीया सुष्मा नेपाली रहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए ।

बिहीबार दिउँसो १:४० बजेको समयमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार नेपालीको मृत्यु भएको थियो ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0