काठमाडौँ । तामाङ भाषाको चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्दै आएका अमिर दोङलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका–५ घर भएका ४२ वर्षीय दोङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

उनी सहितको समूहले जोरपाटीस्थित सेनर हाउस रेस्टुरेन्टका सञ्चालक ४८ वर्षीय भीमबहादुर तामाङलाई कुटपिट गरेको आरोप छ । गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीमा रहेको रेस्टुरेन्टमा विवाद हुँदा अमिरले डिके मोक्तान सहितको समूहसँग मिलेर उनलाई रड प्रहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कलाकार दोङलाई ज्यान मार्ने उद्योग मुद्दामा म्याद लिएर प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए ।

आफूलाई तामाङ चलचित्रको ‘महानायक’ दाबी गर्दै आएका दो गोकर्णेश्वर नगरपालिका–६ स्थित बेशीगाउँमा बस्छन् । उनी बुधवार साँझ पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0