२ मंसिर, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष प्रचण्डले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जामालमा लेखेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दु:खी बनाएको छ।’
साथै उनले ढुंगानाको योगदानलाई नेपाल र नेपाली जनताले देशको राजनैतिक, तथा सामाजिक परिवर्तनका लागि सधैं सम्झिरहने समेत उल्लेख गरेका छन् ।
‘नेपाल र नेपाली जनताले देशको राजनैतिक, तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई सदैव सम्झिरहनेछन्। उहाँप्रति भावपूर्ण श्रध्दान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ उनले लेखेका छन् ।