१२ कात्तिक, काठमाडौं । काठमाडौं तराइ मधेश फास्ट ट्रयाकको ठेक्कासम्बन्धी मुद्दा जिताइदिन्छु भनेर १ करोड २८ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको भैसेपाटीका ४५ वर्षीय रवीन्द्र महर्जन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुद्धनगरबाट सोमबार पक्राउ गरेको हो ।

फास्ट ट्रयाकको टेन्डरमा सहभागी हुने निर्णय उपर उच्च अदालत पाटनमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै उनले एक व्यक्तिसँग १ करोड २८ लाख लिएको पाइएको प्रहरीको भनाइ छ ।

रकम नदिए मुद्दा हराइदिने बताएपछि ती व्यक्तिले महर्जनलाई उक्त रकम बुझाएका प्रहरीले बताएको छ । उनीविरुद्ध ठगीको कसुरमा आइतबार मात्रै पक्राउ पूर्जी जारी भएको थियो ।

पक्राउ परेका महर्जनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0